← हाम्रो बारेमा फर्कनुहोस्
स्वतन्त्र सञ्चालक
सुसन वैद्य
आर्किटेक्ट सुसन वैद्य दुई दशकभन्दा बढीको अनुभव हासिल गर्नुभएका एक वरिष्ठ आर्किटेक्ट, इन्जिनियरिङ कन्सल्टेन्ट तथा रणनीतिक सल्लाहकार हुनुहुन्छ । उहाँले निर्माण तथा इन्जिनियरिङ व्यवस्थापन (Construction and Engineering Management) मा स्नातकोत्तर गर्नुभएको छ र हाल टिम कन्सल्टेन्ट्समा कार्यकारी आर्किटेक्टको रूपमा कार्यरत हुनुहुन्छ ।
उहाँसँग रक्षा मन्त्रालयको सल्लाहकार तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय योजना आयोगमा परामर्शदाताका रूपमा काम गरिसकेको उच्चस्तरीय अनुभव रहेको छ । नेपाल इन्जिनियर्स एसोसिएसनबाट 'आउटस्ट्यान्डिङ युथ प्रोफेसरल अवार्ड' प्राप्त गर्नुभएका श्री वैद्यको भौतिक पूर्वाधार, रणनीतिक योजना र संस्थागत सुशासनप्रतिको विज्ञताले सञ्चालक समितिलाई निष्पक्ष तथा सुदृढ मार्गदर्शन प्रदान गर्दछ ।